२६ जेठ । थ्रीस्टार क्लब गोर्खा कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
दशरथ रंगशालामा आइतबार भएको तेस्रो क्वार्टरफाइनलमा जावालाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै थ्रीस्टारले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
सेमिफाइनलमा थ्रीस्टारले मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।
निर्धारित र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा थ्रीस्टारका सविन्द्र श्रेष्ठ, डोडोज र किरण चेम्जोङको प्रहार गोलमा परिणत भएको थियो । विक्रम लामाको प्रहार जावलाखेलका गोलकिपर विकेश कुथुले जोगाउँदा फेमी जोसुवाको प्रहार बाहिरिएको थियो । जावलाखेलकालागि भने उमेश थापा र सुशील शाहले मात्र गोल गर्न सके ।
नुरराज काफ्ले, राज पौडेल र प्रदिप महर्जनको प्रहार भने थ्रीस्टारका गोलकिपर चेम्जोङले रोकेका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment