ब्राजीलमा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप

७ असार । ब्राजिलमा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ ।
सरकारको विरोधमा तीन लाखभन्दा बढी मानिस सडकमा उत्रिएको अधिकारीहरूले जनाएका छन् ।

सुस्त सरकारी सेवा र बढ्दो भ्रष्टाचारविरुद्ध दुई सातादेखि प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच विभिन्न शहरमा झडप भएको हो ।

ब्राजिलको रियो दी जेनेरियोमा पनि झडप भएको छ । सार्वजनिक यातायातमा गरिएको भाडावृद्धि र भ्रष्टाचारको विरोधमा प्रदर्शन हुँदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...