चेलीबेटी बेचबिखन गर्ने एक जना पक्राउ

७ असार । चेलीबेटी बेचबिखन गर्ने एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

इलामको साँखेजुङकी १५ वर्षीया बालिकालाई जागिर लगाइदिने प्रलोभन देखाई नौ महिनाअघि भारतमा बिक्री गर्ने बरबोटे—४ का छत्रबहादुर विकलाई प्रहरीले उनकै घरमा बसिरहेको अवस्थामा पक्रेको हो ।
लामो सयमसम्म भारतको एक होटलमा काम गरेकी ती बालिकाले तलब मागेपछि मात्र आफू बेचिएको भन्ने थाहा पाएकी थिइन् । त्यसपछि भारतीय सैनिकको सम्पर्कमा उनी गाउँ फर्किएकी थिइन् । विकसँगै भारत पु¥याउने अर्का पनि सहयोगी भएकाले उनको पनि खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

विकलाई मानव बेचबिखनसम्बन्धी अपराधअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...