सेती नदी र बाहुली गाडले घेरेको सदरमुकाम चैनपुरका बासिन्दा यतिबेला त्रसिद बनेका छन् । नदीमा पानीको बहाब बढ्दो छ । कुनबेला सदरमुकाममा बाढी पस्ने हो भन्ने डरले स्थानीयबासीलाई पिरोल्न थालेको छ । सेती नदिले जिल्लाको सिम्भाडी , छोरे वगर, पानकोटलगायतका ठाँउमा कटान गरेको छ भने बाहुली गाडले जिल्लाको हातिसार, मिजारीवाडालगायतका ठाउँमा कटान गरेको छ ।
दाउरा संकलनका लागि तछाडमछाड
एकाति बाढीले ज्यान जोगाउन समेत कठिन परेको अवस्थामा स्थानीयबासी भने नदिमा बाढीले बगाएर ल्याएका दाउरा टिप्न तछाड मछाड गर्न थालेका छन् । बढ्दो पानीको बहावको प्रवाह नगरी घरमा भएका केटाकेटी देखी बुढाबुढीसम्म दाउरा संकलनका नदी किनारामा ढुक्ने गरेका छन् । दुई दिन भित्र नदीले बगाएर ल्याएको करीब ५० हजार मुल्यबराबरो दाउरा संकलन गरेको स्थानीय रुपेन्द्र रसाइलीले बताउनुभयो ।
ज्यानको बाजी लगाएर दाउरा संकलन गर्दै बझाङबासी (फोटो फिचर)
No comments:
Post a Comment