फेरी नचल्दा सर्वसाधारणलाई सास्ती - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

फेरी नचल्दा सर्वसाधारणलाई सास्ती

Share This
९ असार । अरुण नदीमा रहेको फेरी विगत एक महिना देखि चल्न नसक्दा भोजपुर र धनकुटाका सर्वसाधारणलाई सास्ती परेको छ ।


अविरल बर्षासंगै अरुण नदीमा पानीको सतह बढेपछि फेरी चल्न छाडेको हो । फेरी नचल्दा धनकुटादेखि भोजपुर हुदै मध्यपहाडी राजमार्ग जोडने सडक यातायात चल्न नसकेपछि सर्वसाधारणलाई सास्ती पर्दै आएको हो ।

दैनिक रुपमा १८ टन क्षमता सम्म सरसामान लगायत सवारीसाधनहरु ओसार पसार गर्ने फेरी पानीको वहावले चल्न नसकेपछि धनकुटादेखि भोजपुर र खोटाङ्ग चल्ने यात्रुवहाक र मालबहाक गाडीहरु समेत बन्द भएका छन् ।

फेरी बन्द भएपछि भोजपुरमा एकातिर दैनिक उपभोग्य सामग्रीहरुको अभाव हुदै गएको छ भने अर्कोतिर सामानको मूल्यसमेत आकाशिएको छ । पानीको वहाव कम हुनुवित्तिकै फेरी सुचारु हुने जनाइए पनि लगातारको बर्षाले नदीमा पानीको सतह झन बढ्दै गएपछि अझै सर्वसाधरणले सास्ती खेप्नु पर्ने अवस्था देखिन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here