
जिल्लाको सखुअवा–६ निवासी वीरेन्द्र चौधरीले सोही गाउँकी एक दलित महिलालाई कुटपिट गर्दा गर्भ नष्ट भएको हो ।
नन्दलाल पासवानकी श्रीमती शिला पासवानलाई बुधबार राति चौधरीले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वीरेन्द्र चौधरीले सञ्चालन गरेको अवैध रक्सी भट्टीलाई बुधबार प्रहरीले नष्ट गरेपछि भट्टीको सुराकी गरेको आरोप लगाउँदै कुटपिट गरेको पीडित महिलाले बताएकी छिन् ।
No comments:
Post a Comment