चुनावी वातावरण बनाउन दलहरुलाई रेग्मीको आग्रह

५ असार । अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले राजनीतिक दलहरुलाई चुनावको वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

नेपाल स्काउटको ६१ औ स्थापना दिवसमा अध्यक्ष रेग्मीले मंसिर ४ गते हुने दोस्रो संविधानसभाको चुनावका लागि वातावरण बनाउन आग्रह गर्नुभएको हो । उहाँले सरकार गठन भएको तीन महिनामा निर्वाचन अध्यादेश जारी, मतदाता नामावली संकलन लगायतमा काम गरेको दाबी गर्नुभयो ।

अध्यक्ष रेग्मीले सबै नागरिक चुनावमा केन्द्रित भएर उत्साह र उमंगको वातावरण बनेको जिकिर गर्नुभयो । उहाँले लोकतन्त्रको स्थायित्वका लागि चुनाव महत्वपुर्ण भएकाले स्वतन्त्र र निष्पक्ष रुपमा चुनाव गराउने दाबी गर्नुभयो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले सामाजिक रुपमा बिद्यर्थाीहरुका लागि स्काउटले अनुशासित रुपमा राखेको बताउनुभयो ।

नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम आचार्यले ६४ जिल्लामा स्काउटको स्थापना भएको भन्दै स्वयमसेवक मार्फत समाज सेवाका लागि क्रियाशील रहेको दाबी गर्नुभयो । कार्यक्रममा स्काउटको स्थापनाकाल देखि नै योगदान दिएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...