एमालेको मात्र स्पष्ट नीति भएको ओलीको दाबी

८ असार । नेकपा एमालेका नेता केपी शर्मा ओलीले आप्mनो पार्टीको मात्र स्पष्ट नीति भएको दाबी गर्नुभएको छ ।

शनिबार भक्तपुर क्षेत्र नम्बर १ र २ को कार्यकर्ता भेलामा नेता ओलीले एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेस नीतिबिहीन ढुलमुले चरित्रको भएको भन्दै एमालेसँग मात्र स्पष्ट नीति रहेको दाबी गर्नुभएको हो ।

उहाँले यी दुई पार्टीले कार्यकर्तालाई झुटो आश्वासन दिएर भ्रम मात्र फैलाएको आरोप पनि लगाउनुभयो । नेकपा एमालेभित्र पनि केही कमी–कमजोरी भएको स्वीकार्दै नेता ओलीले आगामी दिनमा यसलाई सुधार गरी अघि बढ्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...