धौलीगंगा बाँध नखोलेको भारतको दावी (विज्ञप्ती सहित)

७ असार । नेपालका सञ्चारमाध्यमसहित विभिन्न दलले धार्चुलास्थित धौलीगंगा बाँध अकस्मात खोलेकाले महाकाली नदीमा आएको बाढी बढेर दार्चुलामा ठूलो क्षति भएको भनिरहेकाबेला भारतले भने त्यसको बचाउ गरेको छ ।

महाकाली उर्लनुमा धौलीगंगा बाँधको कुनै प्रभाव नभएको दाबी नेपालस्थित भारतीय दूतावासले शुक्रबार विज्ञप्ति निकालेर गरेको हो ।

दार्चुला सदरमुकाम खलंगासहितका क्षेत्र डुबानमा पर्ने गरी आएको बाढीमा धौलीगंगा बाँधको प्रभाव नभएको जिकीर गर्दै भारतीय दूतावासले नेपाली भू–भाग डुवानमा पर्ने गरी आफूहरुले बाँध नै नखोलेको जनाएको छ । भारत र नेपालको तल्लो तटीय क्षेत्रमा मनसुनी वर्षसँगै आएको बाढीमा धौलीगंगा बाँधको कुनै प्रभाव नभएको बिज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ती

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...