राष्ट्रपतिको अन्तिम रिपोर्ट आज आउँदै

जापान, १० असार । राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य परिक्षणको अन्तिम रिपोर्ट सोमबार आउँदैछ । गत साता जापानको टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका उनको एक सातापछि रिपोर्ट आउँदैछ ।

आइतबार सम्मा सबै परीक्षण सकिएकोले त्यस परीक्षणले देखाएको रिपोर्ट आउन लागेको हो । जापानस्थित नेपाली दुतावासका अनुसार उपचारमा संलग्न चिकित्सकले सो रिपोर्ट कै आधारमा उपचारलाई अगाडि बढाउने छन् ।

राष्ट्रपति यादवको आन्द्रामा समस्या देखिएपछि उनी गत मंगलबार उपचारका लागि नेपाली चिकित्सकहरुको सल्लाह बमोजिम जापान प्रस्थान गर्नुभएको थियो ।
टोकियो शिक्षण अस्पतालमा अस्पतालका प्रध्यापक तोसिकाइ वाकानाबे नेतृत्वको टोलीले उनको उपचार गरीरहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...