व्यवसायिक पशुपालनबाट स्वदेश मै रोजगारीको अवसर

२ असार । पाल्पाका युवाहरू व्यावसायिक पशुपालन गरी स्वदेशमै रोजगारी गर्न थालेका छन् ।

दुई वर्षयता व्यावसायिक गाई फार्म, बाख्रा पालन र तरकारी खेती गर्ने युवाहरूको सख्या बढ्दै गएको कृषि कार्यालयले जनाएको छ । शिक्षित, विदेशबाट फर्केका र राजनीतिमा लागेका युवाहरू पनि कृषि पेशामा सक्रिय हुन थालेका छन् । उनीहरूले विदेश गएर दुःख गर्नुभन्दा स्वदेशमै मेहनत गरे प्रशस्त आम्दानी गर्न सकिने बताउँछन् । युवाहरूले रुपन्देही, कपिलवस्तु र नवलपरासीबाट जर्सीगाई ल्याएर पालेका छन् । जिल्ला पशु सेवा कार्यालयले कृषिमा आकर्षित युवाहरूलाई प्राविधिक र आर्थिक सहयोग गर्दै आएको छ । पशु सेवा कार्यालयले किसानहरूलाई डिफ्रिज खरिद, पशु विमाका साथै क्यान, च्यापकटरलगायतका सामग्रीमा सहयोग गर्दै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...