अविरल वर्षाले कर्णाली र महाकाली नदीमा पानीको सहत अहिलेसम्म कै उच्च

४ असार ।
अविरलको वर्षाले सुदूरपश्चिमका मुख्य दुई नदी महाकाली र कर्णालीमा पानीको सतह अहिलेसम्म कै उच्च पुगेको छ ।

प्रहरीका अनुसार महाकाली नदीमा पानीको सहत ४ लाख ९४ हजार ९४ क्युसेक र कर्णाली नदीमा १२ मिटर पुगेको छ । महाकालीमा एक लाख क्युसेक माथि र कर्णालीमा ११ मिटर पानीको सतह पुग्नुलाई खतराको संकेत पार गरेको मानिन्छ । कैलाली र कञ्चनपुरका थुप्रै बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ ।

कर्णाली नदीको बाढी निर्माणाधिन नेपालका दश महत्वका आयोजना मध्येको एक रानी जमरा कुलरीया सिँचाई आयोजनाको इन्टेकमा पसेको छ । बाढीले आयोजनाका केही सामान समेत बगाएको कर्मचारी रमेश नेपालले जानकारी दिनुभएको छ । नदीमा पानीको सतहत खतराको संकेत भन्दा माथि पुगेपछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक ऋषीराम कँडेलले जानकारी दिनुभयो ।

कर्णाली नदीमा आएको बाढीले कैलाली र बर्दियाका एक नगरपालिका सहित आधा दर्जन गाविसका सयौं घरपरिवार वर्षेनी प्रभावित हुँदै आएका छन् ।

उता, दार्चुला सदरमुकाम खलंगामा अहिलेसम्म सर्वसाधारणका ६१ घर र ११ सरकारी कार्यालयका भवन भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरिक्षक कुबेर कडायतले महाकाली नदीमा पानीको सतह घटे पनि कटानी तिब्र भैरहेको जानकारी दिनुभयो ।

सोमबार महाकाली नदीमा बगेर तीन जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा दार्चुलाको धाप गाविसकी ३८ वर्षीया सरस्वती रैखेला र कञ्चनपुरको चाँदनी गाविसका ४० वर्षका नन्दन ठगुन्ना र सोही ठाउँकी ५२ वर्षीया कौशल्या सुनार रहेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...