अविरल वर्षाले हुम्ला सदरमुकाम सिमिकोट जलमग्न

५ असार । अविरल वर्षाले हुम्लाको सिमकोट क्षेत्र पनि जलमग्न भएको छ ।

सिमकोट वडा नम्बर ९ स्याम्ने गाउँ जलमग्न भएको छ भने गाउँका ६ वटा पसल, एक प्राथमिक विद्यालय, एक सामुदायिक भवन, झेलुङ्गे पुल बगाएको छ ।

बाढीले घर बगाउन लागेपछि स्थानीयवासी गाउँ माथिको ओढारमा ओत लागेर बसेका छन् । उद्धार गर्न पुगेका नेपाली सेना, नेपाल प्रहरी र नेपाल रेडक्रसको टोलीलाई गाउँ प्रवेशमा कठिनाइ भएको छ ।

त्यस्तै, वर्षाले डाँडाफया गाविसका ७ घर भत्किएका छन् । वर्षाका कारण हुम्लामा हवाई सेवा समेत ठप्प छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...