ब्राजीलमा भाडा वृद्धि तथा अत्याधिक सरकारी खर्चको विरोधमा प्रदर्शन

४ असार । ब्राजिलमा सार्वजनिक यातायातमा भएको भाडामा वृद्धि र विश्वकप फुटबल तयारीमा अत्याधिक सरकारी खर्चको विरोधमा हजारौंले प्रदर्शन गरेका छन् ।

राजधानी ब्रासिलिया लगायतका दशवटा शहरमा प्रदर्शनकारी र प्रहरी विच झडप समेत भएको अधिकारीहरुले बताएका छन् । रियो दि जेनेरियो शहरमा प्रदर्शनकारी र प्रहरी विच झडप भएको छ । राजधानीको नेशनल कंग्रेश भवनमा समेत प्रदर्शनकारीहरु प्रवेश गरेको ब्राजिलियन अधिकारीहरुले बताएका छन् ।

सरकारले बस भाडामा वृद्धि गरेपछि अघिल्लो साता प्रदर्शन सुरु भएको छ । अर्को बर्ष हुने विश्वकप फुटबलको तयारी सुरु भएपछि प्रदर्शनकारीहरुले अत्याधिक खर्च नगर्न दबाब दिँदै सरकार विरोधी प्रदर्शन चर्काएका हुन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...