म्याग्दी जिविसको अनुदान रकम दुई वर्षसम्म पनि उपयोग हुन सकेन

३ असार । म्याग्दीमा गाविसको लापरबाहीले जिल्ला विकास समितिले उपलब्ध गराएको अनुदान रकम दुई वर्षसम्म पनि उपयोग हुन सकेको छैन ।

२०६७ को चैत ५ गते खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको बावियाचौर गाविसमा सरसफाईसम्बन्धी कार्यक्रम सञ्चालन गर्न जिविसले ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाअन्तर्गतको ९४ हजार रूपैयाँ उपलब्ध गराएको थियो । तर, स्वच्छता समितिका संयोजक समेत रहनुभएका तत्कालीन गाविस सचिव चित्रराज आचार्य अर्को गाविसमा सरुवा भएपनि बुझबुझारथ अझै हुन सकेको छैन । बुझबुझारथ हुन नसक्दा कच्ची शौचालयलाई पक्की बनाउने, खानेपानी मर्मत र सरसफाईसम्बन्धी योजना अलपत्र परेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...