च्याम्पियन्स ट्रफी क्रिकेट शुरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

च्याम्पियन्स ट्रफी क्रिकेट शुरु

Share This
२३ जेठ । मिनि विश्वकपको नामले चिनिने च्याम्पियन्स ट्रफी क्रिकेट विहीबारबाट शुरु भएको छ ।  प्रतियोगिताको पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतको सामना गर्दैछ ।


प्रतियोगिताको वार्म अपको लागि खेलिएको इंग्लण्ड र न्युजिल्याण्डबीचको एक दिवसीय क्रिकेट श्रृंखलाको अन्तिम खेलमा इंग्लण्ड विजयी भएको छ । लगातार दुई खेल हार्दै श्रृंखला गुमाईसकेको इंग्लण्डले बुधबार भने न्युजिल्याण्डलाई ३४ रनले हरायो ।

खेलमा पहिले व्याटिङ गरेको इंग्लण्डले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनायो । इंग्लण्डको लागि ईयान बेलले ८७ रन जोडेभने ईओन मोर्गानले ४९ रन जोडे । जवाफमा २ सय ८८ रनको लक्ष्य पाएको न्युजिल्याण्ड २ सय ५३ रनमै समेटियो । न्युजिल्याण्डको लागि रोस टेलरले ७१ रन जोडे । तेस्रो तथा अन्तिम खेलसँगै इंग्लण्ड र न्युजिल्याण्ड विचको एक दिसीय क्रिकेट श्रृंखला न्यजिल्याण्डले २–१ ले आप्mनो पक्षमा पारेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here