कन्फेडेरेसन कपको फाइनलमा ब्राजील र स्पेन भिड्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कन्फेडेरेसन कपको फाइनलमा ब्राजील र स्पेन भिड्दै

Share This
ब्राजील, १४ असार । स्पेन र ब्राजिल कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाईनलमा भिड्ने भएका छन् ।
ब्राजिलको फोर्टालेजामा बिहीबार राति भएको रोमाञ्चक सेमिफाइनलमा स्पेनले ईटालीलाई पेनाल्टी सुटआउटमा ७–६ ले हराउँदै घरेलु टोली ब्राजिल विरुद्धको भिड्न्त तय गरेको हो ।
निर्णायक पेनाल्टी ईटालीका डिफेन्डर लियोनाडो बोनुसीले चुकाएपछि स्पेन भाग्यमानी बन्यो । खेलको निर्धारित र थप ३० मिनेटको समयमा भने दुवै पक्षले कुनै गोल गर्न सकेनन् ।

यसअघि भएको अन्तिम चारको भिडन्तमा ब्राजिलले छिमेकी उरुग्वेलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

स्पेन र ब्राजिलबीचको फाइनल आईतबार राति नेपाली समय अनुसार पौने चार बजे रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा खेलिनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here