राजसंस्था फर्किने कमल थापाको दाबी

५ असार । राष्टिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताले राजतन्त्रको आवश्यकता महशुस गरेकाले राजसंस्था फर्किने दावी गर्नुभएको छ ।

महोत्तरीको बर्दिबासमा भएको कार्यक्रमा अध्यक्ष थापाले जनताले अहिलेको राजनितिक परीस्थितीको बिकल्प खोजेकोले छिटटै राजसंस्था फर्कने दावी गर्नुभयो । उहाले दलहरुले जनमत पाएर पनि संबिधान बनाउन नसकेकाले देश जोगाउन राजसंस्था अनिबार्य भएको बताउनुभयो ।

अध्यक्ष थापाले राजतन्त्रलाई पाखा लगाएपछि मुलुकमा बाह्य शक्तीको चलखेल बढेको भन्दै बताउदै संघियताको नाममा देशलाई बिभाजित गर्ने प्रयास भईरहेको आरोप लगाउनुभयो । उहाले चार राजनितिक दलको संयन्त्र खारेज गरेर सबै पार्टी सम्मेलीत राजनितिक संयन्त्र बनाउन आग्रहसमेत गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...