कन्फेडेरेसन कप प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा नाइजेरिया विजयी

४ असार । कन्फेडेरेसन कप फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको खेलमा नाइजेरिया विजयी भएको छ ।
गएराती भएको खेलमा नाइजेरियाले ताहिटीलाई एकका विरुद्ध ६ गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

खेल सुरु भएको ५ मिनेट पनि बित्न नपाउदै टाहिटीका लागी निकोलास भाल्लारले आत्मघाती गोल गरेका थिए । नाइजेरियाका लागी नाम्दी ओडु्वामादीले ह्याट्रिक गरेका थिए ।

ओड्वामादीले खेलको १० औ, २६ औ र ७७ औ मिनेटमा तिन गोल गरेका थिए । त्यस्तै, खेलको ६९ औ मिनेटमा टाहिटीका जोनाथन टेहाउले आत्मघाती गोल गरे । खेलको ८० औ मिनेटमा नाइजेरियाका उवा इचिजिलले टिमका लागी अन्तिम गोल गरेका थिए । यता टाहिटीका लागी खेलको ५४ औ मिनेटमा जोनाथन टेहाउले एक मात्र गोल फर्काएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...