स्नोडेनले इक्वेडर सरकारसँग शरण मागे

१० असार । अमेरिकी सरकारको गोप्य निगरानी कार्यक्रमहरू सार्वजनिक गरेका पूर्वअमेरिकी गुप्तचर विज्ञ इडवार्ड स्नोडेनले इक्वेडर सरकारसँग शरण मागेका छन् । हङकङबाट रसिया उडेका स्नोडेन हाल रसियासमेत छाडने क्रममा रहेको जनाइएको छ ।

अमेरिकाले स्नोडेनको राहदानी रद्द गरेको बताएपछि सम्भावित पक्राउ जागिन उनी क्युवा हुँदै इक्वेडर उड्ने तयारीमा रहेको अधिकारीहरूले जनाएका छन् । इक्वेडर सरकारले भने उनको शरण आग्रह विचाराधिन रहेको जनाएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले लाखौं नागरिकको फोन रेकर्डका साथै इमेल इन्टरनेटमा समेत निगरानी राखेको स्नोडेनले सार्वजनिक गरेका थिए । अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीसँग काम गरेका स्नोडेनले अति संवेदनशील सूचनाहरू सार्वजनिक गरेको भन्दै अमेरिका सरकारले विभिन्न मुद्दा लगाई पक्राउ पूर्जी जारी गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...