च्याम्पियन्स ट्रफी अन्तर्गत गए रातिको खेलमा दक्षिण अफ्रिका विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

च्याम्पियन्स ट्रफी अन्तर्गत गए रातिको खेलमा दक्षिण अफ्रिका विजयी

Share This
२८ जेठ । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । इजड्बास्टोनमा गएराती भएको समुह बि अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ६७ रनले पराजित गर्न सफल भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ३४ रनको योगफल तयार पारेको थियो । दक्षिण अफ्रिकाका लागी हासिम अम्लाले ८१ रन, एबि डि भिलियर्सले ३१ रन, फाफ डु प्लेसिसले २६ रन तथा जेन पाउल डुमिनिले २४ रनको योगदान दिएका थिए ।

जवाफी मैदानमा ब्याटिङ गरेको पाकिस्तानको पारी ४५ ओभरमा मात्र १ सय ६७ रनमा समेटिएको थियो । पाकिस्तानका लागी मिस्बाह उल हकले ५५ रन तथा नासिर जमसेदले ४२ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

पाकिस्तानको पारी ध्वस्त पार्ने क्रममा दक्षिण अफ्रिकाका रायन म्याकलेरनले ४ विकेट, लोनवादो सोत्सोबे र क्रिस मोरिसले समान २—२ विकेट लिएका थिए । खेलमा दक्षिण अफ्रिकाका हासिम आम्ला प्लेयर अफ दि म्याच चुनिए । जितपछि दक्षिण अफ्रिकाले २ अंक बनाएको छ । प्रतियोगिता अन्तर्गत समुह बि मा रहेको भारतले वेस्ट इन्डिजको सामना गदैछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here