असन्तुष्ट दलसँग छलफल गर्ने उच्चस्तरीय समितिको निर्णय

३ असार । उच्चस्तरीय राजनीतिक समितिको बैठकले चुनाव सफल बनाउन असन्तुष्ट दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरमा सोमबार बसेको बैठकले राजनीतिक तथा संवैधानिक संकटको निकास चुनाव मात्र भएको ठहर गर्दै असन्तुष्ट दलहरूका माग वार्ताबाटै समाधान गर्ने निर्णय गरेको हो ।

बैठकले चुनावलाई प्रभावित पार्ने र जनतालाई असर पर्ने कुनैपनि किसिमका आन्दोलनका कार्यक्रम नगर्न सबैसँग अपिल गरेको छ । त्यस्तै, बैठकले उपचारका लागि जापान जान लाग्नुभएका राष्ट्रपति डाक्टर रामवरण यादवको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो ६ दिने भारत भ्रमणको ब्रिफिङ् गरेका थिए । अर्को बैठक असार १४ गते बस्नेछ

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...