दुर्घटना घाइते भएकी अपरिचित महिला अस्पतालको आकिस्मक कक्षमा बेबारीसे अवस्थामा

३ असार । स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको आकस्मिक कक्षको शैय्या नं. २० मा एक महिला विगत ३ दिनदेखि बेबावरिसे अवस्थामा छिन । उनलाई मानविय संवेदनशीलताका कारण अस्पतालका चिकित्सक र नर्सहरुले निःशुल्क उपचार गरिरहेका छन ।

गत शनिबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा पहिचान हुन नसकेको सबारीसधानको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन् । प्रहरीले गम्भिर अवस्थामा उनलाई उपचार्राथ आकस्मिक कक्षमा भर्ना गराएको थियो । टाउको, छाती, हात र खुट्टामा गम्भिर चोट लागेको होस अझै खुलेको छैन ।

बेहोस अवस्थामा रहेकी उनको अवस्था चिन्ताजन रहेकोले उपचारमा संलग्न चिकित्सकहरुको चिन्ता समेत थपिएको छ । होस पनि खुलेको छैन अर्काेतिर कोही आफन्त पनि सम्पर्कमा न आउँदा समस्या बढदै गएको अस्पताल प्रमुख शैलेन्द्र झाले बताउनुभयो ।

उनले गम्भीर घाइते ती महिलाको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि बाहिर लैजानु पर्ने आवश्यकता रहेको जानकारी दिदै होस नखुल्दा पहिचान कठिन भएकाले आफन्तलाई पनि खबर गर्नै समस्या रहेको अस्पतालले जनाएको छ ।
अन्दाजी ४० वर्षकी पहाडी मूलकी देखिने ती महिलालाई ठक्कर दिने सबारी साधन बारे पनि पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

रातिको समयमा भएको सो घटनामा ठक्कर दिएर फरार भएका सबारीसधान तथा गम्भीर घाइते भएकी ती महिलाको पहिचान बारे आवश्यक शोधखोज भइरहेको डिएसपी श्याम सिंह चौधरीले बताउनुभयो ।
अत्यधिक रक्तश्राव भइरहेकोले होसमा आउने सम्भावना न्युन बन्दै गएको बताउँदै अस्पतालका प्रमुख डा. झाले भने–‘यस्तो अवस्थामा कोही आफन्त सम्पर्कमा आइ दिए बेस हुन्थ्यो ।’

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...