यूइ.एफ.ए युरोपियन अन्डर ट्वान्टी वान फुटबल स्पेनले जित्यो

५ असार । स्पेनले यूइ.एफ.ए युरोपियन अन्डर—ट्वान्टी वान फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

गएराति भएको फाइनल खेलमा स्पेनले इटालीलाई दुईका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । स्पेनका लागि थिएगो एल्कान्ताराले ह्याट्रिक गरेका थिए । खेल सुरु भएको ६ मिनेट पनि बित्न नपाउँदै थिएगोले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१० औ मिनेटमा इटालीका लागि सी इमोबिलले गोल गदै खेललाई एक—एक गोलको बराबरीमा ल्याएका थिए । त्यस्तै, ३१ औ मिनेटमा थिएगोले गोल गर्दै खेललाई दुई—शून्यको स्थितिमा पु¥याए । ३८ औ मिनेटमा स्पेनले खेलमा पेनाल्टी हान्ने मौका प्रँप्त ग¥यो । यो अवसरलाई थिएगोले सदुपयोग गदै गोल गरे र ह्याट्रिक पूरा गर्न सफल भए ।

खेलको पहिलो हाफसम्म तीन—एक गोलअन्तरले अगाडी रहेको स्पेनका लागी खेलको ६६ औ मिनेटमा इस्कोले पेनाल्टी मार्फत गोल गरेका थिए । खेलको ८० औ मिनेटमा इटालीका लागि फाबियो बोरीनीले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल स्पेनले चार—दुई गोल अन्तरले जित्यो ।

यसअघि सन् २०११ मा भएको फाइनलमा स्विजरल्याण्डलाई दुई–शून्य गोल अन्तरले पराजित गदै स्पेनले पहिलो पटक युरोपिन च्याम्पियनसिपको उपाधि जितेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...