बाजुराको सदरमुकाममा खानेपानीको दुर्दशा (फोटो फिचरसहित) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बाजुराको सदरमुकाममा खानेपानीको दुर्दशा (फोटो फिचरसहित)

Share This
कृष्ण ओली ।
बाजुरा सदरमुकाम मार्तडीको बृहत खानेपानी आयोजनामा सर्वपक्षिय टोलीले अनुगमन गरेको छ ।
मार्तडी ५ झराउलेमा रहेको खानेपानीको मुहानको अवस्था र व्यवस्थापनका बारेमा जानकारी लिन जिल्ला स्तरीय सरोकारवाला निकायको टोलीले अनुगमन गरेको हो ।

बृहत खानेपानी आयोजनाको मुहान वरिपरी फोहर मैला थुप्रीएको सूचनाका आधारमा अनुगमन गरिएको रेडक्रस शाखा मन्त्री रमबहादुर शाहीले जानकारी दिनुभयो ।

१४ औं राष्ट्रिय सरसफाई सप्ताह २०७० को अवसर पारी जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको अगुवाई र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको पहलमा मुहानको अनुगमन गरिएको हो । अनुगमनका क्रममा खानेपानीको मुहान उपभोक्ता समितिको कमजोरीका कारण अव्यवस्थित रहेको टोलीले बताएको छ । टोलीका अनुसार मुहानको वरिपरी फोहर थुप्रीएको, गेटबलका रुपमा पलाष्टिकको कट्टा प्रयोग गरिएको, मुहानका आसपासमा गाइ बस्तु सिनो कुहिएकोलगायतका फोहोर बस्तु भेटिएको अनुगमन टोलीले जनाएको छ ।

सदरमुकाम मार्तडी बजार देखि तीन किलोमिटर टाढाको दुरीमा रहेको खानेपानीको मुहान कै छेउमा हालसम्म पनि सिनो नहटाइएको अनुमगन टोली सदस्य लालबहादुर विष्टले बताएका छन् ।

२०४४ सालबाट निर्माण कार्य सुरु गरिएको खानेपानी आयोजना २०६९ सालमा सम्पन्न भएपनि अव्यस्थित मुहान र दुर्गन्धका कारण मुहान हेर्दा पानी खानसमेत घिन लाग्ने अवस्थामा रहेको छ ।


करिब ३७ लाखको लागतमा निर्माण गरिएको खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको एक वर्ष नपुग्दै जिर्ण बन्र्द जानु उपभोक्ता समिति र सम्बन्धीत निकायको कमजोरी भएको असल शासन कर्मी धर्मराज पाध्यायको भनाई छ ।

सदरमुकाम बासीलाई सुरक्षित र स्वच्छ खानेपानी खुवाउने जिम्मा मार्तडी बृहत खानेपानी आयोजनालाई नै दिइएकोले उपभोक्ता समिति कै कमजोरीका कारण बजार बासीले दुषित पानी खानु परेको खानेपानी कार्यालयका अनुगमन टोली सदस्य कलकबहादुर शाहीले बताउनुभयो । मार्तडी खानेपानी आयोजनाले उपभोक्तालाई स्वच्छ खानेपानी खुवाउन नसकेको प्रति बजार बासीले पटक पटक गुनासो गर्दै आएका छन् । तर उपभोक्ता समितिले भने आफ्नो कुनै कमजोरी नभएको बताउने गरेको छ ।

उपभोक्ता समितिका उपाध्यक्ष सुनमति रावलले मुहानमा सिनो नभए दाबी गरिन साथै जंगल आसपासमा के छ भनेर आफुहरुले खोज्दै जाने काम नभएको भन्दै बचाउ गरीन् ।

पानीको मुहान दुषित हुँदा सदरमुकाम बासी बेला बेला सरुवा रोगको संक्रमणबाट ग्रसित बन्ने गरेका छन् । सरसफाई सप्ताहका अवसरमा गरिएको अनुगमन टोलीमा खानेपानी कार्यालयका कलकबहादुर शाही, महिला तथा बालबालिकाका लालबहादुर विष्ट, रेडक्रसका मन्त्री रमबहादुर शाही, सुआराका पूर्णबहादुर हमाल, महिला विकास मञ्चका कृष्ण चापागाई पत्रकार महासंघका सचिव कृष्ण ओली, जलश्रोतका हेमबहादुर प्रजा, असल शासन क्बलका अध्यक्ष धर्मराज पाध्याय, उपभोक्ता समितिका उपाध्यक्ष सुनमति रावल लगाएतको सहभागिता रहेको थियो ।

पानीका मुहानको अवस्था र मुहानमा भेटिएका फोहोर बस्तुहरुको फोटो










No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here