इस्तानबुलका प्रदर्शनकारीलाई सडकबाट हटाएरै छाड्ने टर्कीका प्रधानमन्त्रीको भनाइ

३ असार । टर्कीका प्रधानमन्त्री रेसेप तइप इरडोगानले प्रदर्शनकारीलाई इस्तानबुलका सडकबाट हटाएरै छाड्ने चेतावनी दिएका छन् ।

प्रदर्शनकारीलाई हटाउनु आप्mनो कर्तब्य र जिम्मेवारी भएको भन्दै उनले आप्mनो जिम्मेवारी पूरा गर्दैमा निरङ्कुस भन्न नमिल्ने बताएका छन् । उनले इस्तानबुलका सडकहरूमा अवरोध खडा गर्नेको पहिचान गरी कारवाही गर्ने पनि बताएका छन् ।

यसैबिच अंंकारा र इस्तानबुलमा प्रदर्शन जारी रहँदा प्रहरीले प्रदशर्नकारी माथी अश्रु ग्याँस प्रहार गरेको छ । त्यहाँका दुइवटा ट्रेड युनियनले प्रहरी दमन भएको भन्दै त्यसको बिराधमा हिजो टर्कीमा आम हडतालको घोषणा गरेका छन् । मे महिनाको २८ तारिकबाट सुरु भएको सरकार बिरोधी प्रर्दशनमा हालसम्म ५ हजार मानिसहरु पक्राउ परेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...