बर्दियाका बाढीपीडितहरु आन्दोलित

९ असार । सरकारले आफुहरुलाई राहत वितरणमा वेवास्ता गरेको भन्दै बर्दियाका बाढीपीडितहरु आन्दोलित भएका छन् ।

जिल्लाको राजापुर टप्पुका बाढीपीडितहरुको भेलाले १० बुदे माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् । पीडितहरुले ण्६ महिनासम्म पुग्ने अन्नको तत्कालै व्यवस्था गर्नुपर्ने, किसानलाई धानको बिउँ निशुल्क प्रदान गर्नु पर्ने, पीडितलाई विना धितो १ लाख रुपैयाँ ऋण दिने व्यवस्था गर्नु पर्नेलगायतमा माग राख्दो आन्दोलनमा उत्रिएका छन् ।

यसैगरी, राजापुरस्थित खाद्यसंस्थानको धान, चामल अन्यत्र बिक्री वितरण नगरी बाढीपीडितलाई वितरण गर्नुपर्ने, बाढी प्रभावित गाउँहरुमा तत्काल स्वास्थ्य शिविर संचालन गर्नुपर्ने, बाढीले पु¥याएको क्षतिको उचित मुल्याकंन गरी राहत उपलब्ध गराउनु पर्नेलगायतका तत्कालीन माग राखेका छन् ।

यसैगरी, पीडितहरुले बाढी प्रभावित क्षेत्र पाताभारदेखि दौलतपुरहुदै राजापुरसम्म र गोलादेखि खैरी चन्दनपुरसम्म कर्णाली नदीमा तटवन्धनका लागि आगामी आर्थिक वर्ष २०७०÷०७१ को बजेटमा आवश्यक रकम छुट्याउनु पर्ने भन्दै दिर्घकालिन माग गरेका छन् ।

बाढीपीडितहरुको भेलाले रंजन शाहको संयोजकत्वमा १२ सदस्यीय बाढीपीडित संघर्ष समिति समेत गठन गरेको छ । १५ असारसम्म आफना तत्कालिन मागहरु पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

आफूहरुका माग पूरा नभए असार १६ गते राजापुरस्थित इलाका प्रशासन कार्यालयलगायत राजापुर क्षेत्रका सबै सरकारी कार्यालय तालाबन्दी गर्ने, १८ गते बर्दिया जिल्ला बन्द गर्नेलगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...