२१ जेठ । ४० औ विश्व वातावरण दिवसका अवसरमा म्याग्दीमा मंगलबार वृक्षारोपण गरिएको छ ।
सोचेर खाऔ, खाना खेर नफालौः वातावरण जोगाऔ भन्ने नाराका साथ ज्याम्रुककोट हाँडेभिरमा रहेको शान्तीमिलन सामुदायीक वनमा वृक्षारोपण गरिएको हो ।
विश्व वातावरण दिवस मूल समारोह समिति, म्याग्दीले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्मा लगायत विभिन्न कार्यालयका प्रमुख प्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, सामुदायीक वनका उपभोक्ता लगायतको उपस्थिती रहेको थियो ।
तेजपात, मसला, कल्कीफुल, राईखन्यु, निमारो, चाँप र बडहर प्रजातीका दुई सय ८० बिरुवा रोपीएको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो । म्याग्दीमा सोमबारदेखि चार दिनसम्म विबिध कार्यक्रम गरेर वातावरण दिवस मनाउन सुरु भएको हो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्माले भिरालो भुगोल र नदी किनारामा धेरै बस्तीहरु रहेकाले म्याग्दी प्राकृतिक जोमिखयुक्त जिल्ला भएको भन्दै भुक्षय र बाढी पहिरो रोकथामका लागि जिविसले वातावरणमैत्री विकास योजनाको अवधारण अघि सारेको बताउनुभयो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

वातावरण दिवसको अवसर पारेर म्याग्दीमा वृक्षारोपण
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment