उत्तर कोरियाबाट अमेरिकासँग उच्चस्तरीय वार्ताको प्रस्ताव

२ असार। उत्तर कोरियाले अमेरिकासँग उच्चस्तरीय वार्ता प्रस्ताव गरेको छ ।

उत्तर कोरियाको राष्ट्रिय रक्षा आयोगले अमेरिकाको अगुवाईमा वार्तामा बस्न तयार भएको उत्तर कोरियाली सरकारी समाचार संस्थाले जनाएको छ । कोरियाली प्रायद्विपमा जारी सैन्य तनाव अन्त्य गर्न अमेरिकालाई वार्ताको मिति तय गर्नसमेत उत्तर कोरियाले आग्रह गरेको छ ।

उत्तर कोरियाले वार्ताका लागि कुनै पनि पूर्वशर्त आफूहरूलाई अमान्य हुनेसमेत स्पष्ट पारेको छ । उत्तर कोरियाले यसै वर्षको सुरुवातमा गरेको आणविक परीक्ष्ँणका कारण अमेरिका र छिमेकी दक्षिण कोरियासँग तनाव बढेको थियो । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियामा आणविक हमला गर्ने चेतावनी दिँदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...