३० जेठ । अर्जेन्टिनी फुटबल खेलाडी लियोनेल मेस्सीमाथि कर छलेको आरोप लागेको छ ।
२५ वर्षीय मेसी र उनका बाबु जोर्ज होरासियोले फर्जी कागजात बनाई ४० लाख युरो कर छलेको आरोप स्पेनिस अधिकारीहरूले लगाएका छन् ।
सन् २००७ देखि २००९ सम्मको अवधिमा स्पेनिस सरकारलाई बुझाउनुपर्ने कर नबुझाई उल्टै नक्कली कागजातको आधारमा स्पेन सरकारबाट कर फिर्ता लिएको उनीहरूविरुद्ध तीन वटा अपराधको आरोप लगाइएको छ । आरोप प्रमाणित भए मेस्सीले ६ वर्ष कारावास तथा ठूलो रकम जरिवाना तिर्नुपर्ने छ ।
वार्षिक १ करोड ६० लाख युरो तलब खाने लियोनेल मेस्सी सबैभन्दा बढी कमाउने फुटबलरहरूमा पर्दछन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment