कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने

७ असार । निजामति कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने भएको छ ।

सरकारले आगामी बजेटमा कर्मचारी तलब १८ देखि २५ प्रतिशतसम्म बढाउने तयारी गरेको हो । बजेट समयमा ल्याउन नसक्दा तीन वर्षयता तलब बढ्न नसकेको कर्मचारीहरुको गुनासो छ । कर्मचारी संगठनहरुको लगातार दबाबले पनि अर्थमन्त्रालय यस वर्ष तलब बढाउन बाध्य भएको हो ।

निजामती,प्रहरी,सेना शिक्षकलगायत सबै राष्ट्रसेवकको तलब बढाउन गृहकार्य भइरहेको छ, अर्थका एक उच्च अधिकारीले भने, तल्लो तहका कर्मचारीलाई २५ र सबैभन्दा माथिल्लो तहकालाई १८ प्रतिशत बढाउने तयारी छ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...