भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ हजार ५ सय पुग्यो

१० असार । भारतको उत्तराखण्डमा आएको भीषण बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६ हजार ५ सय पुगेको अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूले यसअघि एक हजारको मृत्यु भएको बताएका थिए । उद्दारमा खटिएको सेनाले मृतकको संख्या ६ हजार नाघेको दाबी गरेको हो । बाढीले केदारनाथ, बद्रिनाथ, गुप्तकाशी, रामबाडालगायतका स्थानमा क्षति पुगेको छ । बाढीले सबैभन्दा बढी केदारनाथमा धनजनको क्षति भएको छ । उत्तराखण्डका विभिन्न क्षेत्रमा १० हजारभन्दा बढी मानिस अझै अलपत्र छन् । अलपत्र पर्नेमा केदारनाथ र बद्रीनाथमा सबैभन्दा बढी छन् । बाढी प्रभावित क्षेत्रमा सेनाले हालसम्मकै ठूलो उद्दार कार्य जारी राखेको छ । उत्तराखण्डका विभिन्न पहाडी क्षेत्रहरुमा अलपत्र परेकाहरूलाई हवाई उद्दार गरी सुरक्षित स्थान तर्फ सार्ने काम भइरहेको छ । अहिलेसम्म ८० हजार मानिसलाई उद्धार गरिसकिएको छ । उद्दारका लागि १० हजार भन्दाबढी सैनिक र ६१ भन्दा बढी हेलिकोप्टर परिचालन गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...