ट्राफिक प्रहरीको एसएमएस सेवा अभियान, ट्याक्सीचालकको ठगीबाट छुट्कारा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

ट्राफिक प्रहरीको एसएमएस सेवा अभियान, ट्याक्सीचालकको ठगीबाट छुट्कारा

Share This
काठमाडौं । काठमाडौंमा सार्वजनिक यातायात सुविधा उति सजिलो छैन । त्यसैले हतारमा कतै जान प¥यो भने छिटो साधन ट्याक्सी नै हो । तपार्इं काठमाडौं विमानस्थलमा उत्रिएपछि ट्याक्सी खोज्न हतार गर्नुहुन्छ । तर, ट्याक्सी चालकले गर्ने चर्को मोलमोलाइका कारण धेरै उपभोक्ता मर्कामा पर्छन् । तर, तोकेको भन्दा धेरै रकम असुल्ने र निहुँ खोज्ने ट्याक्सी चालकका बारेमा अब उपभोक्ताले सिधै उजुरी गर्न सक्ने भएका छन् । विदेशबाट घर फर्किनेलाई विमानस्थलका ट्याक्सीले सास्ती दिने गरेका छन् । यो समस्याबाट मुक्ति दिन भन्दै ट्राफिक प्रहरीले विशेष अभियान चलाएको छ ।

काठमाडौंमा ट्याक्सीमा कतै जाँदा ट्याक्सी चालकले मिटरमा जान नमानेर धेरै रकम माग्दै मोलमोलाइ गरेकोमा दिक्क भइरहेकाहरुका लागि खुसीको खबर । भुक्तभोगीहरुप्रति लक्षित गर्दै ट्राफिक प्रहरीले एसएमएस सेवा सुरु गरेको छ । सेवाका बारेमा जानकारी दिंदै ट्राफिक प्रहरी निरीक्षक अमरेन्द्र सिंहले ट्याक्सीको भाडा जानकारी लिनका लागि ग्राहकले एसएमएस गर्न सक्ने बताए । ट्याक्सी रेट स्पेस लोकेसन स्पेस फेरि जान चाहेको लोकेसन टाइप गरेर ४३२१ मा एसएमएस गर्न सकिने छ । त्यसरी एसएमएस गरेपछि भाडा थाहा पाउन सकिन्छ । त्यस्तै, ट्याक्सीवालाले ठगी गरेमा समेत उजुरी गर्ने व्यवस्था पनि ट्राफिक प्रहरीले जनाएको छ ।

ट्याक्सीले गर्ने ठगी नयाँ होइन । यसअघि ठगलाई कारबाही गर्न खोज्दा उल्टै विरोध गरेर त्यसलाई त्यसै सामसुम पारिदिएको विगत पनि छ । तर, पछिल्लो पाँच महिनामा ट्राफिक प्रहरीले १४ सय २४ वटा ट्याक्सीलाई कारबाही ग¥यो । यो भनेको काठमाडौं उपत्यकामा चल्ने जम्मा ट्याक्सीमध्ये २५ प्रतिशत हो । तर यति गर्दा पनि ट्याक्सी व्यवसायीको मनोमानी भने रोकिएको छैन ।

त्यसैले अब एसएमएस पाउनेबित्तिकै ट्याक्सीलाई समात्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताए । उनले एक ठाउँबाट उजुरी आउनासाथ कन्ट्रोल रुमबाट फलो हुने बताए ।

ट्राफिक प्रहरीले काठमाडौंका ६ सय १२ ठाउँको भाडा दर र उजुरी ऐनसेल, युटीएल र एनटीसीका मोबाइलबाट दिन सकिने व्यवस्था मिलाएको छ । ट्याक्सीले ठगी गरेको भेटिएमा तुरुन्तै कारबाही गरिने बताएको प्रहरीले झुटो जानकारी गराउनेलाई पनि कारबाहीको दायरामा राखेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक अर्यालले दुवै पक्षको बयानका आधारमा कारबाही प्रक्रिया शुरु हुने बताए । ट्राफिक प्रहरीको यो योजना कार्यान्वयन भयो भने पक्कै पनि उपभोक्ताले धेरै राहत पाउँछन् । तर मुख्य कुरा यसको कार्यान्वयन हो, जसका लागि अझै केही दिन हेर्नै पर्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here