एमाओवादीको द्वैध चरित्रका कारण चुनावको मिति अन्यौलः नेपाल - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

एमाओवादीको द्वैध चरित्रका कारण चुनावको मिति अन्यौलः नेपाल

Share This
२५ जेठ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादीले एकाएक सहमति फेरेको कारण चुनावको विषयमा सहमति हुन नसकेको बताउनु भएको छ ।

रौतहट काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा शनिबार गरेको कार्यक्रममा नेता नेपालले सरकार गठनको बेला भएको सहमतिबाट एकीकृत माओवादी पछि हटेका कारण चुनावी प्रक्रिया अघि बढ्न नसकेको बताउनु भएको हो । संविधानसभाको संख्या, थ्रेसहोल्डलगायतको प्रस्ताव एमाओवादीले नै ल्याएको र त्यही प्रस्तावमा सहमति भैसकेपछि माओवादीले विभिन्न बखेडा झिकेको नेता नेपालको आरोप छ ।

नेता नेपालले मोहन वैद्यले नेतृत्व गरेका नेकपा–माओवादीलगायतका दलहरुलाई चुनावमा भाग लिन आग्रह पनि गर्नुभयो । चुनाव जनतासंगको परीक्षा भएको भन्दै नेता नेपालले चुनावसंग रिस नफेर्न आग्रह पनि गर्नुभयो । नेता नेपालले त्रिशुली थ्री ‘ए’ को क्षमता बृद्धिको नाममा करोडौं भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन गर्नुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here