नेपाल प्रहरीको दरबन्दी खुल्ला

४ असार । नेपाल प्रहरीले रिक्त दरबन्दी परिपूर्तिका लागि एक सय ३८ प्रहरी निरी क्षक र ६ हजार एक सय प्रहरी जवानको भर्ना खोलेको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास तथा भर्ना तथा छनौट शाखाले बुधबार भर्ना सूचना प्रकाशित गरेर जनशक्ति माग गरेको हो । प्रशासनतर्फ एक सय ३८ प्रहरी निरीक्षक र ६ हजार एक सय प्रहरी जवान माग गरिएको छ ।

निरीक्षकमा खुलातर्फ ७६ र बाँकी समानुपातिक कोटा छन् । जवानका लागि खुलातर्फ तीन हजार तीन सय ५५ कोटा छन् । आदिवासी जनजाति, महिला, दलित, पिछडिएको क्षेत्रको लागि कोटा छुट्याइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...