१ सय ५८ किलो चरेससहित दुइ जना पक्राउ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

१ सय ५८ किलो चरेससहित दुइ जना पक्राउ

Share This
काठमाडौँ, ३० जेठ । १ सय ५८ किलो चरेससहित प्रहरीले दुइ जनालाई  काठमाडौँमा पक्राउ गरेको छ ।

ना २ ख ८०२९ नम्बरको ट्रकबाट चरेस ओसार्दै गर्दा प्रहरीले कुमार थापा र राजकुमार गिरीलाई चरेससहित वाणभञ्ज्याङबाट पक्राउ गरेको हो ।

लागू औंषध नियन्त्रण विभागका अनुसार चरेस ओसार पसार गर्न यिनीहरुले गाडीको नम्बर प्लेट नै नक्कली बनाउने गरेको खुल्न आएको छ ।

पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरीले ना ३ ख ८३३६ नम्बरको ट्रकको नम्बर फेरेर बाणभञ्ज्याङबाट उनीहरुले लागू औंषध राजधानी भित्र्याउँन लागेको बताएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here