११ असार । जन्मजात अस्वभाविक शारिरिक समस्याबाट पिडित १० महिने वालिका लोकमाया सुनारको काठमाडौको ग्रिनसिटी अस्पतालमा उपचार हुने भएको छ ।
जन्मेदेनि नै मलद्धार नभएकोले बालिकाले दिशा, पिसाव एकै ठाउँवाट गर्दै आएकी थिइन । दिसा र पिसाब गर्न समस्याबाट पिडित शीतलनगर रुपेन्देहीकी बालिका सुनारको तीन चरणको सल्यक्रियावाट उपचार गरिने अस्पतालले जनाएको छ ।
आर्थिक अभावका कारण उपचार गर्न कठिन भएपनि ग्रिनसिटी अस्पतालले उपचार गराइदिने भएपछि लोकमाया सुनारलाई काठमाडौ ल्याइएको हो ।
ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले सामाजीक दायित्व अन्तर्गत अस्पतालले वालिकाको निशुल्क उपचार गराउने जानकारी दिनुभयो ।
अस्पतालका वालरोग विशषेज्ञ गेहराज दाहालको नेतृत्वमा विहिवारवाट वालिकाको शल्यक्रिया शरु हुनेछ । वालिकाकी हजुरआमा सीता सुनारले स्थानियको सहयोगमा उपचारकालागी पाल्पाको मिसन अस्पताल लगे पनि आर्थिक अभावका कारण उपचार सम्भव नभएकोले काठमाडौ ल्याएको बताउनुभयो ।
दयनीय अवस्थामा रहेकी यी वालिका माथि देखाएको अस्पतालको सामाजिक कार्य सर्हानीय छ । साथै सफलता पूर्वक बालिकाको सल्यक्रिको होस् हाम्रो पनि शुभकामना छ ।
उपचाररत बालिकाका अस्पतालमाः फोटोहरु
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

जन्मजात मलद्वार नभएकी रुपन्देहीकी बालिकाको उपचार हुने(फोटो फिचर)
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment