असन्तुष्ट दलहरु सामेल नभए पनि मंसिर ४ गते चुनाव हुन्छः गौतम

४ असार । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले असन्तुष्ट दलहरु नआए पनि मंसिर चार गते नै चुनाव हुने दाबी गर्नुभएको छ ।

काठमाडौंमा मंगलबार भएको कार्यक्रममा उपाध्यक्ष गौतमले नेकपा–माओवादी, उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादीलगायतका दल चुनावमा नआएपनि चुनाव नरोकिने बताउनुभएको हो । उपाध्यक्ष गौतमले सबै दललाई चुनावको विरोध गर्ने अधिकार भएपनि अवरोध गर्ने अधिकार नभएको भन्दै अवरोध हटाएरै चुनाव गराइनु पर्ने बताउनु भयो ।

उपाध्यक्ष गौतमले संविधानको बाधा अड्काउ फुकाउमै ४ सय ९१ सदस्यीय संविधानसभा गठन गरिने उल्लेख भएको भन्दै संख्यामा विवाद निकाल्नु अस्थिरता पैदा गर्ने षड्यन्त्र भएको बताउनुभयो । उपाध्यक्ष गौतमले मंसिर चारगते चुनाव हुन नसके नेपाल असफल राष्ट्र हुने भन्दै राष्ट्रियता जोगाउनकै लागि भएपनि चुनाव गर्नुको विकल्प नभएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...