डेरीमा गरिएको सिलबन्दीका कारण दूध विक्री गर्न नपाएको कृषकको गुनासो

९ असार । ललितपुरका किसानहरूले उपत्यकाका पाँच वटा डेरीमा गरिएको सिलबन्दीका कारण दूध बिक्री गर्न नपाएको गुनासो गरेका छन् ।

उनीहरूले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरी दुधमा अखाद्य वस्तु कोलिफर्म भेटिएपछि खाद्य तथा गुण नियन्त्रण विभागले डेरीहरू सिल गरेपछि आफूहरू समस्यामा परेको गुनासो गरेका हुन् ।

ललितपुर दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रामप्रसाद आचार्यले विभागले किसानहरूलाई मर्कामा पारेर विदेशी दूध भिœयाउन षड्यन्त्र गरेको आरोप लगाउनुभयो । पत्रकार सम्मेलनमा सहभागीहरूले डेरीहरू बन्द भएपछि ललितपुरमा मात्र दैनिक ४० हजार लिटर दुध खेर गइरहेको बताए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...