छिमेकीद्वारा किशोरी वलात्कृत

८ असार । सप्तरीको महादेवपट्टीमा शुक्रवार एक किशोरी वलात्कृत भएकी छिन् ।

छिमेकी पर्ने २२ वर्षिय सैजुन सेखले रातको समयमा किशोरीलाई बारीमा बलात्कार गरेको गरेको प्रहरीले जनाएको छ ।
बलात्कारको घटना सार्वजनीक भएपछि शेख भने फरार भएको छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बलत्कृत वालिकाले परिवारलाई जानकारी गराएपछि शनिबार विहान मात्रै घटना सार्वजनिक भएको हो । वालिकालाई तत्कालै स्वास्थ्य परिक्षणका लागि राजविराज स्थित सगरमाथा अन्चल अस्पतालमा लगिएको थियो । पीडितका आफन्तले शनिबार विहान ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गराई पीडकलाई कारवाहीको माग गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...