बन्दले जुम्लाको जनजीवकन कष्टकर - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बन्दले जुम्लाको जनजीवकन कष्टकर

Share This
३० जेठ । आफ्ना कार्यकर्ता पक्राउको बिरोधमा नेकपा माओवादीले जुम्लामा अनिश्चितकालीन बन्द आह्वान गरेपछि जनजीवन कष्टकर बनेको छ ।

बन्दका कारण बजार तथा पसल ठप्प छन् भने कर्णाली राजमार्गमा यातायातका चल्न सकेका छैनन् । गत शनिवार नेकपा–माओवादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको ब्यक्तिगत झगडाले राजनीतिक रुप लिएपछि तनाव बढेको हो ।
तनाबका कारण बुधबार स्थानीय प्रशासनले दिनभरि करफ्यू आदेश जारी गरेको थियो । आजबाट माओवादीकाका कार्यकर्ताले बन्द आह्वान गरेपछि जिल्लाको जनजीवन झन प्रभावित बन्दै गएको हो ।

स्थानीय ढाँणथपला युवा क्लबका अध्यक्ष जीवन सेजुवालमाथि आक्रमणको आरोपमा राजबहादुर भाक्री र मीन भण्डारी पक्राउ परेको विरोधमा नेकपा–माओवादीले बन्द गराएको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here