अरनिको टेलिभिजन छैटौं मिडियाकप फुटबलबाट निलम्बन

३ असार । अरनिको टेलिभिजन जारी छैटौं मिडिया कप फुटबल प्रतियोगिताबाट निलम्बनमा परेको छ ।

उज्यालो एफएमको प्रोटेस्टमा मंगलबार सुनुवाई गर्दै आयोजक नेपाल ओलम्पिक संग्राहालयले अरनिको टेलिभिजनले व्यावसायिक खेलाडीलाई सहभागी गराएको भन्दै १ वर्Èको प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अब अरनिको टेलिभिजनले आगामी वर्ष हुने सातौं मिडिया कप फुटबलमा पनि सहभागी हुन नपाउने ओलम्पिक संग्रालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जानकारी दिएका छन् । लगनखेलस्थित आर्मी ट्रेनिङ तथा स्पोर्टस् सेन्टरमा असार १ गते भएको उद्घाटन खेलमा अरनिको टेलिभिजनले सी डिभिजनका खेलाडी जर्ज प्रिन्स कार्कीलाई मैदानमा उतारेका थिए । गत जेठमा भएको सी डिभिजन छनौट खेलमा कार्कीले बनेपा ब्वाईज क्लबका तर्फबाट खेलेका थिए । उज्यालो एफएमले अरनिको टेलिभिजनले गैर कर्मचारी र व्यावसायिक खेलाडीलाई सहभागी गराएको भन्दै आयोजक समितिमा उजुरी दर्ता गराएको थियो । अरनिको टेलिभिजनमाथि कारबाही भएपछि असार १ गते भएको खेलको नतिजा उज्यालोको पक्षमा आएको छ । त्यतिबेला उज्यालो एफएफ अरनिको टेलिभिजनसँग चार—एक गोल अन्तरले पराजित भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...