नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि हात पारे - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि हात पारे

Share This
२७ जेठ । विश्व नम्बर चार स्पेनी राफेल नाडालले फ्रेन्च ओपन टेनिस प्रतियोगिताको उपाधी जित्न सफल भएका छन ।
गएराती सम्पन्न भएको फाइनल खेलमा स्पेनी राफेल नाडालले आफ्नै देशका डेभिड फेररलाई ६—३, ६—२ र ६—३ को सोझो सेटमा पराजित गदै आठौ पटक उपाधी माथि कब्जा जमाउन सफल भएका हुन् ।

उपाधीसंगै नाडालले आठौ पटक फ्रेन्च ओपन टेनिसको उपाधी जित्ने किर्तीमान समेत बनाउन सफल भएका छन । नाडालले फेररलाई खेलको तिन वटै सेटमा सहजै पराजित गरेका थिए । २७ वर्षिय नाडालले जितेको यो १२ ग्राण्डस्लाम उपाधी हो ।

यस अघि सम्पन्न भएको सेमिफाइनल खेलमा नाडालले विश्व नम्बर एक नोभाक जोकोभिच र फेररले फ्रान्सेली जो विल्फ्राइड सोङगालाई पराजित गदै फाइनलको यात्रा तय गरेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here