कम्लरीहरुबाट गरिएको पश्चिम तराई बन्द यथावत - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कम्लरीहरुबाट गरिएको पश्चिम तराई बन्द यथावत

Share This
२३ जेठ ।  कम्लरी प्रथा उल्मूलन संयुक्त संघर्ष समितिले आह्वान गरेको पश्चिम तराई बन्दको विहीबार तेस्रो दिन पनि यथावत रहेको छ । बन्दका कारण पश्चिम तराईका २२ जिल्लाको जनजीवन प्रभावित भएको छ ।


ललितपुरमा काम गर्न बसेकी दाङ्गकी सिर्जना चौधरीको शंकास्पद मृत्युबारे छानबीन गर्न तथा मुक्त कम्लरीहरुका लागि उचित बसोबास र अवसरको माग राखेर संघर्ष समितिले बन्द आह्वान गरेको हो ।

बन्दका कारण बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा यातायातका साधन चलेका छैनन् भने शैक्षिक संस्था र बजार ठप्प छन् । पूर्व कम्लरीहरु पाल हालेर राजमार्गमै धर्ना बसेका छन् । सिंहदरवार घेराऊमा गएका कम्लरीहरुमाथि प्रहरी दमन गरेको भन्दै उनीहरुले झन विरोध चर्काएका हुन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here