७९ नेपाली इन्टरपोलको मोस्ट वान्टेड सूचीमा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

७९ नेपाली इन्टरपोलको मोस्ट वान्टेड सूचीमा

Share This
१४ असार । विश्व अपराध प्रहरी संगठन इन्टरपोलले ७९ जना नेपालीलाई मोस्ट वान्टेड सूचीमा राखेर खोजी गरिरहेको छ ।


प्रहरी प्रधानकार्यालयले कार्यक्रम गरी दिएको जानकारी अनुसार विशेषगरी भारत तथा खाडी मुलुकमा नेपाली रेडकर्नर सूचीमा रहेका छन् । ७९ मध्ये ११ जनालाई नेपाल प्रहरीको अनुरोधमा र बाँकीलाई अन्य देशको अनुरोधमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको हो ।

इन्टरपोलको जानकारी अनुसार मोस्टवान्टेड सूचीमा पर्ने नेपालीहरु भारतमा २५ जना, कतारमा २० जना, अबुदावीमा १३ जना, नेपालमा ११ जना, बासिङनटमा ४ जना, साउदी अरबमा ३ जना, इटाली, बेलारुस तथा बहराइनमा १ र १ जना रहेका छन् ।

रेडकर्नर सूचीमा परेका व्यक्तिलाई विश्वका जुनसुकै देशले पनि पक्राउ गर्न सक्छ । प्रहरी प्रधान कार्यालयका अनुसार मानव तस्करहरुले यूरोप तथा अमेरिकाको नक्कली कागज बनाएर नेपालीहरूलाई विभिन्न देश पु¥याउने गरेको र अलपत्र पारेर ठग्ने गरेका घटना बढिरहेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here