हरेक पाँच बर्षमा लाग्ने संसारीमाईको पूजा सम्पन्न - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

हरेक पाँच बर्षमा लाग्ने संसारीमाईको पूजा सम्पन्न

Share This
१ असार । महोत्तरीको जलेश्वर हरेक ५ वर्षमा लाग्ने संसारीमाईको पूजा सम्पन्न भएको छ ।
संसारकै माताका रूपमा विश्वास गरिने संसारीमाईको पूजा शुक्रबार सम्पन्न भयो । पूजामा धनुषा, सर्लाही रौतहट, वारा पर्सा, सिरहालगायत भारतको सितामढी, दरभंगा पटना, मुजफरपुरबाट हजारौ भक्तजनहरू सहभागी भएका थिए ।

भाकल चाँडै पूरा हुने जनविश्वास रहेको संसारीमाईको पूजामा बोका, हाँस, परेवा तथा कुखुराको बलि दिने प्रचलन छ । त्यस्तै, संसारीमाईलाई फलफूल लड्डु, बतासा मिठाई लगायतका मिष्ठानहरू प्रसादका रुपमा चढाइन्छ ।



No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here