भारतमा बाढीबाट मृत्यु हुनेको संख्या १ सय ५० पुग्यो

६ असार । भारतको उत्तराखण्डमा बाढीले बगाएर मृत्यु हुनेको संख्या एक सय ५० पुगेको छ ।

उत्तराखण्डको केदारनाथमा मात्रै ५० जनाभन्दा बढीको मृत्यु भएको छ । चारधामको यात्रामा गएका ६० हजार भन्दाबढी तीर्थयात्री अलपत्र परेका छन् । बाढीले सबैभन्दा केदारनाथमा धनजनको क्षति भएको छ ।

केदारनाथको मुख्य मन्दिर बाहेक सम्पूर्ण भाग बाढीले बगाएको छ । यसैबीच, केन्द्र सरकारले बाढीपीडितको राहत, उद्धार तथा पुनर्वासका लागि एक हजार करोड रूपैयाँ दिने घोषणा गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...