माग पुरा नभए खानेपानी आपूर्ति बन्द गर्ने घोषणा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

माग पुरा नभए खानेपानी आपूर्ति बन्द गर्ने घोषणा

Share This
२३ जेठ । खानेपानी संयूक्त संघर्ष समितिले सरकारले आफ्ना माग पुरा नगरेको भन्दै खानेपानी आपूर्ति बन्द गर्ने घोषणा गरेको छ ।

आफ्ना मागहरु प्रति सरकार गम्भिर नभएको भन्दै असार ३ गतेबाट खानेपानीको आपूर्ति बन्द गर्ने समितिले चेतावनी दिएको छ । विहीबार राजधानीमा गरिएको कार्यक्रममा संघर्ष समितिले आपूर्ति बन्द लगायतका आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो। घोषित आन्दोलनका कार्यक्रमहरुमा चक्काजाम, कोणसभा लगायत पनि छन् ।

उद्योगीले खानेपानीमा भ्याट छुट गरिनुपर्ने, विगतका सहमति कार्यान्वयन हुनुपर्ने, खानेपानी ढुवानीमा लगाइने सबै कर मिनाहा गरिनुपर्ने, खाने पानीलाई अत्यावश्यक बस्तुमा समाबेश गरिनुपर्ने, बन्द उद्योगहरु संचालन गरिनुपर्ने, लगायतका मागहरु अघि सारेका छन्।

व्यवसायीले विभिन्न २० बुँदै माग सरकार समक्ष राखेका छन् । आन्दोलनमा उपत्यका खानेपानी स्रोत तथा ट्याङकर व्यवसायी संघ, नेपाल बोटल वाटर उद्योग संघ, उपत्यका खानेपानी ट्याङ्कर तथा बोरीङ व्यवसायी संघ र अखिल नेपाल यातायात मजदुर संघ आबद्ध छन्।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here