हुम्लाको मुचुमा हिउँ पहिरोमा पुरिएर एकै परिवारको ४ जना वेपत्ता

३ असार । हुम्लाको मुचुमा हिउँ पहिरोले बगाएर एकै परिवारका चार जना बेपत्ता भएका छन् ।

अविरल वर्षाले हिउँ पहिरो जाँदा मुचु गाविसको नौमुलियामा तीन सन्तानसहित एक महिला बेपत्ता भएकी हुन् । पहिरोले बगाएर सिमकोट वडा नम्बर ८ बुराउँसेकी ४० वर्षीया केम्मा लामा र उनका तीन सन्तान बेपत्ता भएका छन् ।

खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रमुख जिल्ला अधिकारी विजयनारायाण मानन्धरले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम सिमकोटदेखि ३३ कोसमा पर्छ । त्यस्तै, पहिरोले नौमुलेका ८ घरसमेत बगाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...