दरबार हत्याकाण्ड भएको कालो दिनको सम्झना

१९ जेठ । आज जेठ १९ गते । नारायणहिटी दरबार हत्या काण्ड भएको दिन । २०५८ सालमा आजकै मितिमा तत्कालीन राजरिवारका सम्पूर्ण सदस्यको हत्या भएको थियो ।

राजा वीरेन्द्रको वंशनाश भएको दिनको संम्झनामा आइतबार विभिन्न संघसंस्थाहरूले कार्यक्रम गर्दैछन् । आजभन्दा १२ वर्ष पहिले जेठ १९ गते राति तत्कालीन राजा वीरेन्द्रको सम्पूर्ण वंश नै नाश हुने गरी हत्याकाण्ड भएको थियो । रहस्यकै गर्भमा रहेको दरबार हत्याकाण्डको विषयमा अझै ठोस छानबिन सुरू हुन सकेको छैन् ।

घटनालगत्तै गठन भएको छानविन समितिले तत्कालीन युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन सार्वजनिक गरे पनि नेपाली जनताले विश्वास भने गरेको देखिदैन् । दरबार हत्याकाण्डपछि नेपाली राजनीतिले नयाँ मोड लियो भने त्यसपछि उदाएका ज्ञानेन्द्र शाह अन्ततः दुई सय ४० वर्षे इतिहास बोकेको राजगद्दी छाडेर सामान्य नागरिक बन्न बाध्य भए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...